img




यतिबेला पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म उच्च हिमाली भेगका घाँसे मैदान (पाटन)हरूमा मानिसको भीड लागिरहेको छ । देशका विभिन्न भागबाट त्यहाँ ओइरिएका मानिसको एउटै उद्देश्य छ, बहुमूल्य हिमाली जडीबुटी यार्साको खोजी । १०–१२ वर्षअघिसम्म पनि लुकीछिपी, सानो परिमाणमा संकलन गरिने र कम मूल्यमा किनबेच हुने यार्साको कारोबार अहिले अर्बौंको भइसकेको छ । अध्येताद्वय अंकलाल चलाउने र योगेश राजले गरेको अध्ययन अनुसार गत वर्ष मात्रै नेपालका आठ जिल्लामा नौ अर्ब रुपियाँ बराबरको यार्साको कारोबार भएको थियो ।

के हो यार्सा ?
बोलीचालीको भाषामा भनिने यार्सा, यार्सागुम्बा वा यार्सागुन्बू तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ बाट अपभ्रंश भएर बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा ... Read more »
Category: विश्व खबर | Views: 54 | Added by: nepbis9810 | Date: 2018-09-21 | Comments (1)



मनाङ– जिल्लामा पाइने जडीबुटी परिपक्व नहुँदै उत्खनन् गर्न थालिएको छ । यर्सागुम्वा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडिबुटी परिपक्व नहँुदै निकाल्दा बीउ उत्पादन नहुने र जडिबुटी लोप हुनसक्नेमा सरोकारवालाहरूमा चिन्ता बढेको छ ।

जुनसुकै बोट विरुवाको फूल फुलेर पाकेपछि बीउ उत्पादन हुने भएकाले फूल परिपक्व हुन नपाउँदै इजाजत लिएर जडिबुटी खोज्न जाने परम्पराले यस्ता जडिबुटीको उत्पादनमा कमी हुन थालेको जिल्ला वन कार्यालयका डिएफओ अजय कार्कीले बताए ।

त्यस्तै जेठको अन्तिमदेखि असारको दोस्रो सातासम्म यार्सा टिप्ने समय भए पनि हाल वैशाखको अन्तिम देखि नै इजाजत लिइ यार्सा संकलनमा लाग्नाले पनि यसो हुन गएको उनको भनाइ थियो ।

यी जडिबुटी ज ... Read more »
Category: विश्व खबर | Views: 36 | Added by: nepbis9810 | Date: 2018-09-15 | Comments (1)