रमाइलो नेपाल


 
मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:ख मा रुनु हुँदैन र सुखमा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिली रहोस समयले जति नै टाढा पुर्याए पनि अबिरल यादहरु आईरहोस, पुरा होस तपाईंको मनको हरेक कामना ।।" भगवान पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
 
लाग्छ कहिले जिन्दगी उदास आइतबारे धुन जस्तो
लाग्छ कहिले जिन्दगी महँगिँदै गएको अकबरी सुन जस्तो
साँढेको जुधाइमा परेका निर्दो बाछाहरूलाई देख्दा भने
लाग्छ अचेल जिन्दगी अन्नसँगै पिसिएको बिचरो घुन जस्तो


मेरो जे पहिचान हो लुटिन गो ढल्दै छ सीमा पनि
मेरो उच्च विचारको धरहरा गल्दै छ नौनी बनी

मेरो सुन्दर भेष छैन सँगमा भाषा कला बाँडिए
मेरो सुन्दर देश छैन मनमा पाखा, गुफा टाडिए



भाषा, भेष र सभ्यता सब थिए माटो थियो सुन्दर
मेरो देश रुँदै छ आज किन हो भत्केर त्यो मन्दिर !

आफ्नो रूप हराउँदा भन तिमी विश्वास लिन्छौ कहाँ ?
मेटाई पहिचान आज मनको नेपाल चिन्छौ कहाँ ?