img

story
2018-09-16, 4.52.56 AM
ढल्किन लागेको एक साँझ । कार्यक्रम सकिएपछि गुरुकुलको आँगनमा उभिएको थिएँ, आयोजकहरूले उपलब्ध गराएको फोकटको कालो चिया पिउँदै । अरूभन्दा अलग्गै । एकछिनअघि हेरेको नाटकमा आधारित भएर म सोचिरहेको थिएँ- "समाजमा बेइमानहरू बढी भए भनिन्छ, तर इमान गुमाउनेहरूमध्ये कति प्रतिशत बाध्यताको चङ्गुलमा परेका होलान्......-" "नमस्ते किस्नदाइ । मलाई चिन्नुभो -" अविवाहितजस्ती लाग्ने एउटी सुन्दरीले मेरो एकाग्रता भङ्ग गरिन् । "मैले त चिन्न सकिनँ.....।" "तपाईँका कृतिहरूकी पाठक । अनि गीतकी श्रोता ।" सेतो कुर्तासुरुवालले अलौकिकजस्तो लाग्ने शरीर सेतो कपडाले छोपेकी, सेतै ब्याग बोकेकी रूपवतीले आफ्नो सङ्क्षिप्त परिचय दिइन् । अनुहारमा चोरिहालूँ जस्तो मुस्कान छचल्किएको थियो । दाहिने गालामा सानो खोपिल्टो परेको देखिन्थ्यो । त्यसलाई डिम्पल भन्छन् क्यारे । उनको त्यो सङ्क्षिप्त परिचयले तृष्णा मेटिएन । झन् बढी खुल्दुली भयो । उनीसँग नजिकिने हतारो पलायो । "तपाईँको शुभनाम -" मैले सोधेँ । "म नैतिकता शर्मा ।" उनी मुस्कुराइन् फेरि पहिलेझैँ । त्यो नाम कताकता सुनेजस्तो, कुनै पुस्तक वा पत्रिकामा पढेजस्तो लाग्यो । मैले जिज्ञासा राखेँ । "पढ्नुभयो होला कतै ।" अनुहारमा क्लोजअप टुथपेस्टको विज्ञापनकी युवतीको जस्तो हाँसो छायो, एकछिनका लागि । युवक मन न हो, मन लोभिइहाल्यो । उनको रूपमा लट्ठ भएँ म । प्रस्ट भनुँ न, त्यतिखेर एकैछिनका लागि भए पनि मैले आफ्नो सामाजिक स्थिति बिर्सिएँ । आँखाले उनको शारीरिक भूगोलको यात्रा छिचोले । नियालेर हेरेँ, उनको रूपमा कुनै कमी छैन, कुनै कुशल मूर्तिकारको उत्कृष्ट सिर्जनाजस्तो । कपाल पनि सप्रिएको बन्सोजस्तो । "दाइले लेख्नुभ'का किताब मैले पढेकी छु । दाइले त कस्ता राम्राराम्रा गीत पनि लेख्नुभ'को र'छ । "एकै रथका दुई पाङ्ग्रा हाम्रो जिन्दगानी...." भन्ने उदय-मनिला सोताङले गा'को गीत साँच्चै राम्रो छ । दाइको त्यो गीत त माइलस्टोन नै हो । तर दाइ, त्यस गीतले पाउनुपर्ने जति चर्चा पनि पाएन नि, हगि -......" उनले एकोहोरो प्रशंसा गरिरहिन् । मलाई झट्ट कुनै चिन्तकको उक्ति याद आयो, उनले कतै भनेका छन्- "कसैलाई समाप्त गर्नु छ भने उसको प्रशंसा गरिदेऊ ।" मन अतालियो । छातीभित्र उकुसमुकुस भएर आयो । म कुनै गहिरो इनारमा डुब्ने तर्खरमा झैँ थिएँ । "तपाईँ पनि साहित्य लेख्ने गर्नुहुन्छ -" मैले विषयान्तर गर्न खोजेँ । "अलिअलि, तर दाइको जस्तो होइन... ।" घुमाईफिर्राई उही टुङ्गो । उनले प्रशंसाका फूलबुट्टा भर्न छाडिनन् । तर यसपटकको उनको मुस्कानले भने मलाई उति असर गरेन । त्यसपछि उनले मेरो व्यक्तिगत जीवन र सिर्जनाधर्मका बारेमा बेलिबिस्तार नै लगाइन् । म श्रोता बनिरहेँ । आफ्ना बारे त्यति धेरै जानकारी राख्ने मान्छे, त्यसमा पनि त्यति सुन्दरी युवती प्रशंसक फेला पर्दा कुनचाहिँ स्रष्टा मख्ख नपर्ला । त्यसमा पनि म नेपाली...। तर त्यसभन्दा बढी आर्श्चर्यमा हामीले गफ गरिरहेको देख्नेहरू परिरहेका थिए अर्थात् त्यहाँ उपस्थित युवापुस्ताका केटा साथीहरू । हेराइबाटै बुझिन्थ्यो, उनीहरू सिकारीले जालमा आफ्नो सिकार पारेको परिकल्पना गरिरहेका छन् । तर उनीहरूको परिकल्पनाको सिकार ती युवती थिइन् वा म थिएँ, त्योचाहिँ अनुमान लगाउन सकिरहेको थिइनँ म। अरूका आँखा बिझाएर के गफ गर्नु - चिया सकिएपछि मैले हिँड्ने हतारो देखाएँ । गन्तव्य एकैतिर भएकाले हामी धोबीखोला किनारको बाटो उकालो लाग्यौँ, गफिँदै । त्यसबेलासम्ममा अँध्यारो निकै गाढा भइसकेको थियो । बाटामा हामीले समकालीन राजनीतिका कुरा गर्‍यौँ, सिर्जनाका कुरा गर्‍यौँ, साहित्यिक पुरस्कार वितरणमा देखिएको चाकडीवाद र पुर्वाग्रहप्रति आक्रोश ओकल्यौँ । समकालीन पुस्ताका साहित्यकारहरूका बीचको आपसी खुट्टा तानातान, गुटबन्दी र एकले अर्कालाई र्सजक नमान्ने दर्रि्र मानसिकताका बारेमा असन्तोष व्यक्त गर्‍यौँ । प्रत्येक र्सजकको आ-आफ्नो शैली हुन्छ भन्ने कुरा पनि बुझ्न नसक्ने साहित्यकारहरूको चेतनास्तरका बारेमा खोइरो खन्यौँ, र निकाल्यौँ गुटबन्दी र सङ्कीर्णताले कसैको भलो नहुने साझा निष्कर्ष। बर्खाको समय, खोलाकिनारको बाटो रोपाइँ गर्न ठिक्क पारेको खेतबराबर हिलाम्य थियो । कति ठाउँमा एकजना मात्रै हिँड्न मिल्थ्यो । पछाडि हिँड्दा डराउलिन् भन्ठानेर मैले उनलाई अघि लाग्न भनेँ तर उनले आफू पछाडि बसेर मलाई पो अघि लगाइन् । म छक्क परेँ । सोचेँ, पछि लाग्नु प्रायः स्त्रीहरूको स्वभाव हो कि - अँध्यारोकै बीचमा उभिएर हामीले आ-आफ्नो मोबाइल नम्बर साटासाट गर्‍यौँ । नम्बर साटासाट गर्दै गर्दा मोबाइल सेटबाट निस्केको उज्यालोमा उनको अनुहार अप्सराझैँ प्रकाशमान देखियो । म झन् लोभिएँ । पहिलो भेटमै एउटी सुन्दरीको मोबाइल नम्बर पाउनु मेरा लागि के खोज्छस् कानो आँखा भनेझैँ भएको थियो । म उनको मनमा के कुरा खेलिरहेको होला भनेर अनुमान गर्ने कोसिस गर्दै थिएँ । त्यसैबेला उनले केही दिनपछि नै भेटेर राम्ररी कुरा गर्न चाहेको बताइन् । म खुसीले पुलकित भएँ । सिफलको उकालोनिर आइपुगेपछि उनले छुट्टिन खोज्दै भनिन्- "ल दाइ, फेरिफेरि भेट्दै गरौँ है ।" उनी उकालोबाट दायाँतर्फो एउटा घरमा छिरिन् । अँध्यारोका कारण घरको रूप राम्ररी नियाल्न सम्भव थिएन । तर पनि नियालेँ, फेरिफेरिका लागि काम लाग्ला भनेर । उनको दुईतले घर नयाँ र भव्य थियो । बाटो अँध्यारो थियो, लोडसेडिङका कारण । तर उनको रूप र तेजिला कुराका कारण मेरो मन उज्यालिएको थियो । घर कतिखेर पुगेँ, आफैँलाई पत्तो भएन । ....................... ....................... भोलिपल्ट बिहान सधैँझैँ कार्यालय जान लाग्दा कपनचौकीमा माइक्रोबस फेला परेन । उपत्यका बन्द रहेछ । यत्रो बाटो हिँडेरै जानुपर्ने भयो । चावहिलको गणेशस्थान हुँदै जब सिफलको ओरोलो झरेँ, उनीसँग जम्काभेट भइहाल्छ कि भन्ने आशा पलायो । सिफलचोकमा सबैथोक उस्तै थियो तर अघिल्लो साँझ ती युवती छिरेको घर त्यहाँ थिएन । त्यहाँ थियो, एउटा थोत्रो र जर्जर घर, म छक्क परेँ । त्यहाँ त हिजो राति आकर्ष र साबुत घर देखेको थिएँ । अँध्यारो रात, दृष्टिभ्रम पनि हुनसक्छ । भत्कनै आँटेको ढोका मैले ढक्ढक्याएँ । सेतै कपाल फुलेका एक जना वृद्धले ढोका खोले । मैले केही सोध्नै आँटेको थिएँ तर बूढाले बीचैमा कुरा काटे- "मलाई थाहा छ, तपाईँ नैतिकतालाई भेट्न आउनुभएको हो ।" एकछिन मौनता । एकछिन निःस्तब्धता । एकछिन जिज्ञासा । "तर", बूढाले भन्दाभन्दै रोकिए । "तर....तर के -" मैले सोधेँ । "तर उसको बसार्“र्ैैघि मृत्यु......।" "मृत्यु ---" मैले हठात् आँखा चिम्लेँ र उनलाई सम्झेँ । उनका शब्दहरू, उनका वाक्यहरू, उनका अनुभूतिहरू, उनका चाहनाहरूलाई सम्झेँ । (भूत, कथाकार नयनराज पाण्डे) मेरो जीउ एकपटक थर्रर काम्यो । भूत, प्रेत, पिशाच, किचकन्या, जागित्र, बोक्सी सब वाहियात कुरा हुन् र ती कसैसँग डर लाग्दैन भन्ने एकछिन अगाडिसम्मको मेरो दाबी आफ्नै अगाडि पग्लियो, तातो घाममा परेको आइसव्रिmमजस्तो भएर । "त्यसो भए हिजो राति मैले कसलाई भेटेँ -" पाण्डेको भूत कथाको उही "म" पात्रलाई जस्तै भयो त्यतिखेर मलाई पनि पनि । मैले अघिल्लो साँझका घटना फेरि सम्झेँ । खोलाकिनारको बाटामा उनले मेरो अगाडि नहिँडेर पछाडि हिँड्नुको कारण के थियो - सम्भावित अनिष्ट र आशङ्काले मन पिरोलिन थाल्यो । ....................... ....................... अब उनीसँग भेट होला कि नहोला - मनमा शङ्का उब्जियो । भेट भयो भने अवश्य पनि रहस्य पत्ता लगाउनुपर्ला- मेरो मनले निष्कर्षनिकाल्यो । दुई दिनसम्म म छटपटाइरहेँ । मनमा अनेक तर्कनाले रडाको मच्चाइरहे । रात-साँझ जतिखेर पनि उनकै अनुहार आँखामा आइरह्यो । सेल फोनको रिङ बजेपिच्छे म उनलाई सम्झन पुग्थेँ । नभन्दै तेस्रो दिनको बिहानै उनको फोन आयो । "जे सोच्यो, त्यही प्राप्त गर्ने दिव्य शक्ति मान्छेमा छ," चिन्तक खप्तडस्वामीले आफ्ना पुस्तकमा कतै भनेका छन् । मैले त्यही वाक्य सम्झिएँ । मोबाइल फोनमा उनी बोलिन्- "दाइ, म नैतिकता ...।" उनको बोली सुन्नासाथ मेरो शरीर थर्र का“प्यो। मुटुको चाल बढ्यो । घाँटीमा केही अड्केजस्तो भयो । आफूले चाहेको कुरा प्राप्त गर्दा पनि कहिलेकाहीँ मानिसलाई सम्हालिन गाह्रो हुँदो रहेछ । अज्ञात भयले लखेटिरहेको थियो । तर मैले भागेर भएको थिएन । वास्तवमा भाग्ने उपाय पनि थिएन । त्यसैले डर दबाएर आवाजमा स्वाभाविकता ल्याउन खोजेँ । उनले कुनै जटिल समस्यामा परेझैँ गरिन् । "तुरुन्तै भेटू“ कि भनेर.....।" भेट्नु छ भन्ने मान्छेलाई नआऊ कसरी भन्ने - सम्हालिएर भनेँ- "एघार बजेसम्ममा अफिसमा आऊ न ।" सजिलोका लागि लोकेसन पनि दिएँ । मनमा त्रास मडारिएकै थियो, के विषयमा कुरा गर्न आउन लागेकी हो भनेर । सोचिरहेको थिएँ, कतै मलाई आफ्नो सिकार बनाउन खोजेकी त होइन.....। उनी आउनुअघि निष्कर्षनिकालेँ, मौका पारेर किचकन्या हुन् कि होइनन् पत्तो लगाउने । अनि हो नै रहेछ भने पछाडि कपालमा धागो बाँधेर उपचार खोज्ने । छेउको पसलमा गए“, र सेतो रङको धागो किनेर ल्याएँ । नभन्दै उनी पुर्वनिर्धारित समयभन्दा दस मिनेट छिटो आइपुगिन् । नियालेर हेरेँ, उही कालो लामो कपाल, सेतो कुर्ता-सुरुवाल, सेतो ब्याग र उही मृदु मुस्कान । उनी आइपुग्नासाथ मैले उनका पैतालातर्फहेरेँ । ती पछाडि फर्केका थिएनन् । आशङ्का आधा मेटियो । ढाड हेर्र्ने मौका मिलिरहेको थिएन । सङ्कोच मान्दै भए पनि गफ गर्न थालेँ । उनले आफ्ना गीतको डायरी मलाई देखाउन खोजेकी रहिछन् । झोलाबाट झिकेको सेतो गाता भएको डायरी टेबुलमा राख्दै उनले भनिन्- "गायक-गायिकाहरूसँग दाइको राम्रो सर्म्पर्क छ । सङ्गीतकारहरू पनि प्रायः सबैलाई चिन्नुहुन्छ । मेरा पनि दुई-चारवटा गीत रेकर्डका लागि सहयोग गरिदिनुहुन्थ्यो कि भनेर......।" अब भने मेरो स्थिति जोगीका घरमा संन्यासी पाहुना भनेजस्तो भयो । हुन त केही वर्षघिसम्म म पनि गीत लेख्थेँ । उनले भनेजस्तै देशका एकसे एक गायक-गायिका र सङ्गीतकारहरूसँग निकटता थियो र केहीसँग अझै छ पनि । निकटता भएकै कारण उनीहरूका व्यथा थाहा पाएको थिएँ । वास्तवमा हाम्रो देशका धेरैजसो गायकगायिका छोराछोरीको गाँस काटेर वा पैतृक सम्पत्ति सिध्याएर गीत रेकर्ड गराउँछन् । पन्ध्र-बीस हजारमा हुने दृश्याङ्कनका लागि एक-डेढ लाखसम्म तिर्न बाध्य छन् । सबैतिरबाट चुसिएर कम्पनीलाई क्यासेट बुझाउँछन् । धेरैजसोको त पुर्पुरामै हात हुन्छ, गीत नचलेर । कथंकदाचित् टेलिभिजन च्यानलका चम्चाहरूलाई रात्रिकालीन चियाचमेना पुर्‍याउन सक्यो र गीत चल्यो भने पनि गायक-गायिकाले केही पाउँदैनन् । क्यासेट कम्पनीका साहुजीहरू नै मालिक भइदिने । त्यसैले उनीहरूका लागि एकप्रकार बाध्यता नै हो, गीतकारसँगै रेकर्ड गराउने खर्च माग्नु । तर अठार घण्टा काम गरेर पनि गुजारा गर्न धौधौ हुने म बबुरो गीतकारसँग रेकर्ड खर्च जुटाउने हैसियत हुने कुरै भएन । त्यसरी गीत रेकर्ड गराउनुभन्दा बरु गीतै नलेख्ने निष्कर्षनिकालेको थिएँ, र केही वर्षेखि गीत लेखेको पनि थिइनँ । त्यसैले मैले नैतिकतालाई भनेँ- "गीत रेकर्ड गराउन असाध्यै गाह्रो छ । तपाईँ आफूले लगानी गर्ने हो भने चैँ आग्रह गर्नसम्म सकिन्छ ।" एकछिन अघिसम्मको उनको उज्यालो अनुहारमा एकाएक छाया परेजस्तो भयो । उनले आफू खर्च गर्ने अवस्थामा नभएको बताइन् । मलाई उनको अनुहारमा देखिएको छाया आफ्नो चाहनाविपरीत हुनसक्ने भयले डस्न थाल्यो । मन भतभती पोल्न थाल्यो । त्यसलाई सकेसम्म र्टार्न मैले चिया मगाएँ । उनको डायरी मेरो सामुन्नेमै थियो । चिया आउनुअघि मैले उनको डायरीका पाना पल्टाएँ । छक्क परेँ, उनका अक्षर उनको रूपजत्तिकै सुन्दर थिए । त्यसबेला मैले झापाका अग्रज पत्रकार नकुल काजीलाई सम्झिएँ । उनका गीत पनि कमसल भन्न लायक एउटै थिएनन् । भाव, छन्द, अन्त्यानुप्रास चटक्क परेर मिलेका । मालीले स्याहारेको फूलबारीका फूलजस्ता । एकैछिनमा चिया आइपुग्यो, मैले अपेक्षा गरेभन्दा चाँडो । समय त आफूले अपेक्षा गरेभन्दा चाँडो चिप्लने रहेछ । हामी चिया पिउँदै गफिन थाल्यौँ, अँध्यारो साँझमा धोबीखोला-किनारको बाटोमा जस्तै । तर मलाई भने भित्रभित्रै उनीबारेको रहस्य मेटाउने रहर लागिरहेको थियो । उनको मनको पत्र पल्टाउने हतारो जागिरहेको थियो । निहुँ पाइरहेको थिइनँ । उनले टेबुलमा भएको कान्तिपुर दैनिक पल्टाइन् । अनि पत्रपत्रिकामा लेख छपाउन चाहेको बताइन् । त्यसका लागि भनसुन गरिदिन आग्रह गरिन् । म झनै अप्ठयारोमा परेँ, र खुलस्त भनिदिएँ- "नाम चलेका प्रायः पत्रपत्रिकाको निर्णायक ठाउँमा मेरा समकालीन पुस्ताका साथीभाइ नै छन् । तर उनीहरूलाई मेरो नामप्रति डरलाग्दो फोबिया छ । उनीहरू मेरो नाममा गएको पाठक-पत्र पनि छाप्तैनन् । मानौँ, म लेखकहरूमध्येको अछुत हुँ । यस्तो अवस्थामा मैले तपाईँको सिफारिस .....।" "सायद तपाईँको रक्तकुण्ड उपन्यास चर्चित भएकोमा आरिस हो कि -" उनले आशङ्काको झटारो हानिन् । "त्यस्तो पनि लाग्दैन । भेट हुँदा आत्मीय व्यवहार नै गर्छन् । तर मेरो नाममा गएको केही पनि छाप्तैनन् । यतिसम्म कि किताबको समीक्षा पनि छापेनन् ।" मैले आफ्नो पीडा सुनाएँ । "अचेल केही पत्रकारहरूमा आफू र आफ्नो गुटबाहेकका अरूलाई र्सजक नै नठान्ने मैमत्ताभाव सुरु भएको छ । आफू, आफ्नो संस्थासँग सम्बद्ध र आफ्नो गुटको मान्छेले जस्तोसुकै किताब निकाले पनि आवश्यकताभन्दा बढी प्रचार गर्छन् । यस्तो किताब त यसअघि कहिल्यै निस्केकै थिएन, नेपाली साहित्यको कोसेढुङ्गो नै हो यो, बल्ल अब नेपाली साहित्य विश्वसाहित्यको लहरमा दरिन सक्ने भयो, विश्वले स्तरीय साहित्यका लागि नेपालतर्फहेर्र्नुपर्ने युग यही कृतिबाट सुरु भयो भन्न समेत पछि पर्दैनन् । पाठकलाई समेत वाक्क लाग्ने गरी प्रशंसा कोच्याउँछन् । तर उनीहरूको गुटभन्दा बाहिरका स्रष्टाले गतिलै निकाले पनि स्थान दिँदैनन्...... ।" उनले एकदुई पीडित स्रष्टा र किताबहरूको नाम पनि लिइन्, राजन मुकारुङको उपन्यास 'हेत्छाकुप्पा', कृष्ण बरालको उपन्यास 'समय हराएको बेला', गोपालकुमार बस्नेतको संस्मरण 'झापाको सेरोफेरो', बिना घलेको संस्मरण यात्रा', नयनराज पाण्डेको कथासङ्ग्रह 'निदाएँ जगदम्बा' आदि । आफूले भोग्दै आएको पीडा ओकलिदिएकामा अलिअलि दङ्ग पनि परेँ म । एकैछिनको गफपछि उनी शौचालय जान भनेर बाहिर निस्किन् । मैले लामो श्वास फेरेँ । उनी फर्केलगत्तै म पनि शौचालयतर्फलागेँ । शौचालयभित्र नपुग्दै मेरो आर्श्चर्य अकासियो । मुटुको रक्तसञ्चारमा एक्कासि म्याराथुन सुरु भयो । हातखुट्टामा चिन्तामा बसेको वनझाँक्रीको शक्ति सवार भएझैँ भयो । आफूलाई जतिसक्दो सम्हाल्ने कोसिस गरेँ । कतै भ्रममा परेँ कि भनेर नियालेर भर्ुइँमा हेरेँ । तर त्यहाँ भ्रम थिएन, मात्र सत्य थियो । शौचालयबाट निस्कँदा भिजेका उनका पाइलाका छाप उल्टो फर्केका थिए, पूरै उल्टो । ....................... ....................... अब भने उनको सामुन्नेमा पर्न पनि डर लाग्यो । अफिस छेउमा स्टेसनरी पसल व्यवसाय गरिरहेका साहित्यकार मित्र श्रीबाबु कार्कीलाई लिएर मात्रै अफिस जान खोजेँ । संयोग पनि कस्तो - कार्कीजी पसल बन्द गरेर बाहिरिएका रहेछन् । अब के गर्ने - म हतास र अन्योल मै थिएँ । मेरो त्यो अवस्था थाहा भयो कि कोनि उनी अफिसको ढोकामा आइन् । मुसुमुसु हाँस्दै उनले भनिन् "दाइ, किन डराउनुभएको -" सहज हुन खोज्दै म अफिसभित्र पसेँ । पस्दै गर्दा पुनः उनका पाइतालातिर नजर पुगे । तर अहँ, पाइताला पछाडि फर्केका थिएनन् । मनमा एकएक साहस भरिएर आयो । किचकन्या नै भए पनि के गर्ली र - मनले निष्कर्षनिकाल्यो । मैले आफ्नो जिज्ञासा मेटाउने उपाय खोज्न थालेँ । तर उनैलाई सोध्नुबाहेक तत्काल कुनै उपाय फुरेन । आफ्नै सामुन्नेमा बसेकी रूपसीलाई किचकन्या हौ भनेर कसरी सोध्ने - आँट आएन, किर्ंकर्तव्यविमूढ भएँ म । ....................... ....................... एकछिनपछि अचानक उपाय फुर्‍यो, आकाशमा बिजुली चम्केजस्तै गरी । यद्यपि म भयरहित हुन सकिरहेको थिइनँ । मैले डर्राईडर्राई सोधेँ, आँखा नजुधाईनकन- "तपाईँले नयनराज पाण्डेको "भूत" शर्ीष्ाकको कथा पढ्नुभएको छ -" मेरा आँखामा आँखा जुधाएर उनी मुसुक्क हाँसिन् । अनि भनिन्- "तपाईँले यही प्रश्न किन सोध्नुभयो -" "हैन, मलाई तपाईँको अध्ययनशीलता जान्न मन लाग्यो ।" "तपाईँ मसँग घुमाएर कुरा गर्दै हुनुहुन्छ । तपाईँजस्तो लेखकले पनि घुमाएर कुरा गर्ने -" "ठान्नुस् त्यो मेरो बाध्यताको उपज हो ।" मैले स्पष्टिकरण दिएँ । "तपाईँ मसँग असाध्यै डराउनुभएजस्तो छ ।" उनी मुसुक्क हाँसिन् । वातावरणलाई सहज पार्न खोज्दै उनले भनिन्- "आज तपाईँ पनि साँचो कुरा गर्नुस्, म पनि साँचो कुरा गर्छर्ुु" यतिखेर उनको अनुहार गम्भीर भइसकेको थियो । "तपाईँसँग भेटेर छुटेको भोलिपल्टैदेखि तपाईँका बारेमा मनमा अनेक जिज्ञासा उब्जिएका थिए । अहिले ट्वाइलेटबाट फकर्ँदा पछाडि फर्केका पाइला देखेपछि आशङ्का बढेर आयो । नयनदाइको "भूत" कथाकी पात्र तपाईँ नै हो कि जस्तो लाग्यो । त्यसैले सोधेको .....।" उनले फेरि विजयी मुस्कान फ्या“किन् मतिर । उनले भनिन्- "यो कुरा अरू कसैलाई नभन्नुहोला । म त्यही कथाकी पात्र नैतिकता नै हुँ.....।" "होइन होला ।" मैले आशङ्का गरेजस्तो गरेँ । मनमा विश्वासको जरो गाडिइसकेको थियो, चिसो र मल भेटेको दूबोको जबडाजस्तो भएर । "पत्याउनुहुन्न -" यति भन्दै उनले आफ्नो असली स्वरूप देखाइन् । कोठाभित्रको सीमित उज्यालोमा उनका आँखा अ“ध्यारामा ढाडे बिरालाका जस्तै गरी टलक्क टल्किए । म झसङ्ग भएँ । निकै डराएँ । "डराउनुभयो कि क्या हो -" उनी मुसुक्क हाँसिन् । मैले पनि हाँसेजस्तो गरेँ । लाज जोगाएँ, तर मुखबाट वाक्य निस्कन सकेन । त्यसबेलासम्ममा मेरो आशङ्का सत्यमा परिणत भइसकेको थियो । सहरकी एउटी साक्षात् किचकन्या मेरो सामुन्नेमा थिई । स्वाभाविक हो, म त्रसित थिएँ । आखिर जे पनि त हुनसक्छ ∕ बहाना बनाएर उम्किन सक्ने अवस्था पनि थिएन । उसले मलाई आफ्नो जालमा पारिसकेकी थिई । म निडर हुने प्रयास गर्न थालेँ । फेरि एकपटक मैले उसका प्रत्येक अङ्ग नियालेर हेरेँ, विज्ञापनमा देखिने युवतीहरूभन्दा कुनै कुरामा पनि कमी छैन । तर ऊ आफैँलाई किचकन्या हँु भनिरहेकी छ । कतै मेरो दृष्टिभ्रम त होइन - आफैँलाई प्रश्न गरेँ । बिस्तारै मेरो साहस बटुलिँदै आयो । मान्छे कसरी किचकन्या हुन्छ भन्ने बारेमा जान्ने यो राम्रो मौका थियो । मैले प्रश्न सोध्नासाथ उनी भावुक भइन् । उनको गला भरिएर आयो । आँखाहरू साउनको सुन्दरीजल बने । के सोचिन् कोनि, एकछिनपछि सम्हालिइन् । रुमाल झिकेर आँसु पुछिन् । अनि आफ्ना बारेको सम्पुर्ण जीवन कहानी बताउन थालिन् ः "......मेरो घर तपाईँले देख्नुभएकै ठाउँ सिफलको उकालोनिर हो । त्रिपाठी कि छोरी हुँ । मैले आई.ए. पास गरेकी छु, डिल्लीबजारको सानो पी.के.बाट । म पढ्दा रामप्रसाद दाहाल सर क्याम्पस प्रमुख हुनुहुन्थ्यो । साह्रै माया गर्नुहुन्थ्यो उहाँ । मेरो पढाइ पनि राम्रै थियो ।" " अनि के भो त -" "एक रात पेट दुख्ने रोगले म अचानक बिरामी परेँ । बुबा-ममीले हतारहतार ट्याक्सीमा हालेर मोडल अस्पताल लैजानुभयो । डाक्टरहरूले केही हुँदैन, एक-दुई दिनमा ठीक हुन्छ भनिरहेका थिए । म पनि सकुशल घर फिर्न पाउनेमा ढुक्क थिएँ । तर अस्पताल बसेको त्यो रात मेरो जीवनकै अभिशाप बनेर आयो । म निदाइरहेकी थिएँ । अचानक मध्यरातमा आएका यमदूतहरूले मेरो हङ्सलाई शरीरबाट जबर्जस्ती निकालेर आफूसँगै यमलोकतर्फलगे । बाटोमा उनीहरूसँग ठाडो प्रतिवाद गरेँ, अकालमै किन ल्यायौ भनेर रोइकराइ गरेँ । तर के सुन्थे उनीहरू, सुनेको नसुन्यै गरे । साह्रै निर्दयी हुँदा रहेछन् पेसेवर अपराधीहरूजस्ता.....∕ केही क्षणपछि उनीहरूले मलाई यमराजको दरबारमा पुर्‍याए । त्यसैबेला यमलोकमा हङ्सको निकै लामो लाइन लागेको रहेछ । त्यहाँ कर्णालीमा हैजा र भोकमरीले अकाल मरेकाहरू थिए, श्रीलङ्काको तमिल-सरकार भिडन्तमा परेर मरेका व्रि्रोही र सैनिकहरू थिए, सुराकीको आरोप र कथित मुठभेडका नाममा मारिएका निर्दोषहरू पनि थिए । अरू पनि थिए, थुप्रैथुप्रै.... । पालो पाउन मात्रै पनि झन्नै तीन घण्टाजति लाइनमा बस्नुपर्‍यो । जागिर खुलेका बेला लोकसेवा आयोग र सरकारी संस्थानहरूको गेटमा भन्दा चर्को हुँदो रहेछ, त्यहाँको लाइन । एकछिनपछि उनीहरूले मलाई धर्मराजको सभातिर लगे । रङ्गीचङ्गी पाराका ध्वजापताका र रङहरूको सङ्गमले सजिएका धर्मराजको सभाको शान सुन्दर, श्रेष्ठ र सुकसुकाउँदो थियो । उज्यालो र भव्य थियो । अति विशिष्ट ठाउँमा आसन जमाएर बसेका धर्मराज पछिल्तिर दुईजना सुसारेहरू सेतो चमरको पङ्खाले बिस्तारै हम्किरहेका थिए ।....... यमदूतहरूले धर्मराजको अघि मलाई उभ्याएर अर्धचन्द्राकारमा निहुरिँदै धर्मराजलाई दण्डवत् गरेर उनीहरूको भाषामा कोनि केके भने, मैले कसैगरी बुझिनँ । धर्मराजको अगाडि निहुरिँदै मेरो हङ्सको स्वरूपले फलाकिरह्यो- "केही गरौँ भन्ने इच्छा र अभिलाषामा आगो उमारेर किन यस्तो बिजोगमा पार्नुभएको प्रभु - मैले केही गर्न सकेको छैन । केही गरौँ भन्ने समय आउन नपाउँदै कस्तो मृत्यु बोलाउनुभएको - किन यस्तो वज्रपातमा पार्नुभएको हरे ।" "तपाईँ कृपालु र धर्मी हुनुहुन्छ । दयासागर र करुणानिधि हुनुहुन्छ । कृपा गरी मलाई छाडिदिनुस् प्रभु ।" मैले निडर भएर चाकडीको भाषामा धर्मराजसँग धेरै अनुनयविनय गरेँ । सेतै फुलेका र हँसिला देखिने धर्मराजले मेरो भाषा बुझेझैँ गरी मुसुमुसु हाँसे र आफ्नो छेउमा रहेको जन्म-मृत्युको सांसारिक रेकर्ड झिकेर मूल्याङ्कन गर्न थाले । केही क्षणपछि नै अघि झिकेको फाइल साबिककै ठाउँमा राखेर ठूला न ठूला बलड्याङ्ग्रे आँखा यमदूतहरूतिर पल्टाएर केही भने । उनको हाउभाउ र अनुहारको प्रकाशबाट यमदूतहरूलाई झपारेको प्रस्ट हुन्थ्यो । त्यसपछि हातले अनौठो खाले इसारा गरे । इसारापछि पुरानै यमदूतहरूले मलाई हत्तनपत्त समातेर बाहिर निकाल्न लागे । सम्झेँ, सायद मेरो हङ्स पुनः फर्किने भयो । पछि बुझ्दा मेरो अन्दाज ठीक निक्ल्यो- नाउँ र गाउँ एउटै भएको कुनै अर्को मान्छेको झुक्यानमा परेर उनीहरूले मलाई टिपेका रहेछन् र धर्मराजको आदेशपछि मलाई पुनः पृथ्वीलोकमा पुर्‍याउन खोजेका रहेछन् । (दृश्यहरू, कथाकार कृष्ण प्रर्साईं) धर्मराजको शासनमा पनि गल्ती हुनसक्ने देखियो । दूतहरूले मलाई सम्मानपुर्वक पृथ्वीलोकमा ल्याइपुर्‍याए । बाटामा एकशब्द पनि बोलेनन् । उनीहरूको अनुहार उखेलेर सुकाएको मुलाको सागजस्तै थियो । ल्याइपुर्‍याउनासाथ ती एकाएक अलप भए ।र् र्सवप्रथम मेरो हङ्स मोडल अस्पतालको बेड नं. ३३५ मा पुग्यो, जहाँबाट मेरो हङ्सलाई उठाइएको थियो । तर मेरो हङ्स निराश भयो । किनकि त्यहाँ अरू कोही नै सुतिरहेको थियो । हङ्स त्यसपछि हतारहतार अस्पतालको मर्ुदाघरमा गयो, पोस्टमार्टमका लागि राखिएको छ कि भनेर । तर त्यहाँ पनि मेरो लास थिएन । मेरो हङ्सले काठमाडौँका प्रत्येक अस्पतालका बेड र मर्ुदाघर चाहार्‍यो । लास कतै फेला नपरेपछि निराश भएर घरमा आयो । घरमा त रुवाबासी चलिरहेको.....। जब आँगनमा लास उठाएको सङ्केतस्वरूप काँचो बा“सका टुक्रा र रातो अबिर छरिएको देख्यो, हङ्सको हङ्सले पनि काम नगरु“ला झैँ गर्‍यो । डाँको छोडेर रोयो । तर त्यहाँ चिन्तित भएर एक सेकेन्ड पनि खेर फाल्ने अवस्था थिएन । मेरो हङ्स आँसु पुछ््दै हतारहतार आर्यघाटतर्फदौडियो । आर्यघाट पुग्दा मेरो हङ्स घोर चिन्तामा पर्‍यो किनकि चितामा मेरो लास आधा जलिसकेको थियो । छिटो जलाउने उद्देश्यले घाटेहरू लासमा बाँसले ठोसिरहेका थिए । एकैछिनमा चिताबाट "भ्वाट्ट" गरेर ठूलो आवाज निस्क्यो । मलामीहरूले टाउको पड्किएको अनुमान लगाए । अब मेरो हङ्स निरुपाय भयो । किनकि जलिसकेको लासमा प्रवेश गर्न सम्भव थिएन । यमदूतहरू नआई यमलोक जाने उपाय पनि थिएन । त्यही दिनदेखि मेरो हङ्सले बाध्यतावश किचकन्याको रूप धारण गर्‍यो.....।" उनले आफ्नो सङ्क्षिप्त कहानी टुङ्ग्याइन् । "भनेपछि त तपाईँमाथि यमदूतहरूबाट घोर लापर्बाही र अन्याय पो भएको रहेछ हगि -" मैले सहानुभूतिको मल्हम लगाइदिन खोजेँ । "ममाथि मात्र होइन, धर्तीका हजारौँ मानिसमाथि अन्याय भएको छ । पृथ्वीलोकमा जति पनि भूतप्रेत र किचकन्याहरू छन्, ती सबै यमदूतहरूका यस्तै लापर्बाहीका सिकार हुन् । यमदूतहरू हाम्रो हङ्सलाई लिन पुनः नआएसम्म हामीले यसरी नै भूत, प्रेत र पिशाच भएर बाँच्नुपर्छ... ।" उनले प्रस्टीकरण दिइन्- "किचकन्या हुनु मेरो रहर होइन, बाध्यता हो । यमदूतहरूको गल्तीका कारण म यस्तो हुन बाध्य भएँ । तर मानिसहरू हाम्रो विवशता नबुझी बित्थामा हामीलाई गाली गर्ने गर्छन्...... ।" "अनि जागित्र भनेको चैँ ...-" उनको कुरा काटेर बीचैमा मैले प्रश्न तेर्स्याएँ । खासमा मैले त्यस बेला झापाको बुधबारे मा.वि.मा पढाउने भक्त खपाङ्गी सरले निकालेको कथासङ्ग्रह 'जागित्रले बोलाएपछि'भित्रका पात्रलाई सम्झिरहेको थिएँ । "पत्रकारजस्तो मान्छेलाई जागित्र भनेको पनि था' छैन -" उनको अनुहारमा अनौठोपन देखियो, खिज्याएझैँ । थाहा नभएको कुरामा थाहा छ भनेर बडप्पन देखाउनुभन्दा एकछिनको उपेक्षा नै सही, मैले थाहा नभएको स्विकार्दै टाउको हल्लाएँ । प्रस्ट पार्दै उनले भनिन्- "अकालमा मरेका मानिसहरूको सद्गति राम्रोसँग भएन भने उनीहरू जागित्र हुन्छन् र आफू बाँचेको परिवेशका मान्छेहरूलाई सताउँछन् ।" "नैतिकताजी, तपाईँहरूले कसैको केही बिगार गरेजस्तो लाग्दैन । तर मानिसहरू किन डराउँछन् -" म आशङ्का मेट्न उद्यत थिएँ । "जो मानिस कुकर्म नगरी आफ्नो इमान र सदाचारमा बाँचेका छन्, उनीहरू हामीदेखि पटक्कै डराउँदैनन् । तर जसले कुकर्म गर्छन्, अरूको कुभलो चिताउँछन्, अरूलाई सताएर आफू मात्रै धन सोहोर्न उद्यत हुन्छन् उनीहरूलाई चाहिँ हाम्रो नाम उच्चारण मात्रै गर्‍यो भने पनि सातो जान्छ ।" यसपटक भने उनको मुहारमा पूणिर्माको जून उदाएकोजस्तो देखियो । "अनि यसरी मानिसहरूलाई भेट्दै हिँड्नुको कारण.....-" "म मान्छे छँदाका अधुरा इच्छा, आकाङ्क्षा र चाहना पूरा गर्न चाहन्छु । त्यसबेला हेप्नेहरूसँग एकएक गरी बदला लिन चाहन्छु.......।" यतिखेर उनको बोलीमा कठोरता थपिएको थियो । त्यसैबेला अचानक ब्यागमा रहेको उनको मोबाइल फोनमा गीत बज्यो, फोन आएको सङ्केत दिँदै । गीत पनि आफ्नो जीवनसँग मेल खाने खालको राखेकी रहिछन्, मेरै साथी रामकृष्ण ढकालको स्वरमा रहेको- "जिन्दगीले यसरी धोका दियो कि....।" फोन उठाइसकेपछि उताबाट के आवाज आयो थाहा भएन । जवाफमा उनले भनिन् "म कृष्ण अविरलदाइको अफिसमा छु । आइपुग्न आधा घण्टाजति लाग्छ होला ।" "...................।" "हस्, म तुरुन्तै हिँडिहालेँ ।" फोन झोलामा थन्क्याउँदै गर्दा मतिर फर्केर हतारिँदै भनिन्- "दाइ, मलाई साथीहरूले जरुरी मिटिङमा बोलाए । श्लेश्मान्तक वनमा तुरुन्तै पुग्नुपर्ने भो, अहिलेलाई जान्छु है ।" यति भन्दै गर्दा उनले आफ्नो ब्याग च्यापिसकेकी थिइन् । म अन्योलमा परेँ । किनकि उनीसँग थुप्रै जिज्ञासा मेटाउन बाँकी नै थियो । अँध्यारामा देखिने सिफलको सुन्दर घर उज्यालोमा खण्डहरजस्तो देखिनुको रहस्य खोतल्नै थियो । पैताला अरू मान्छेको जस्तो देखिए पनि पाइला पछाडि फर्केको देखिनुको कारण सोध्नै थियो । खानपान, बसोवास, साथीसङ्गतिहरूका बारेमा बुझ्नै बाँकी थियो । तर उनैले नै हतारो देखाएर जान्छु भनेपछि कसरी रोक्ने - "फेरि भेटौंला है ।" मृदुमुस्कानसहित उनले थपिन्- "तपाईँको अफिस देखेँ । पछि पनि आउँदै गर्छु न ।" मैले स्वीकारोक्ति जनाएँ । उनी हात हल्लाउँदै मेरो अफिसबाट बिदा भइन् । उनी गएको बाटो हेर्र्दै म टोलाएँछु निकैबेरसम्म । र अहिलेसम्म सोचिरहेको छु- "त्यति सुन्दर रूप भएकी नैतिकता वास्तवमै भूत नै हो - के ऊ अब वर्तमान हुनसक्तिन -"
Category: My files | Added by: nepbis9810
Views: 24 | Downloads: 0 | Rating: 0.0/0
Total comments: 0
avatar